चौतारी र सेन्टरको एकता टुङ्गियो, धादिङको अध्यक्ष पूर्व सेन्टरले पाउने

Avatar photo
Dhadingpost
सोमवार, मंसिर ९, २०७६
फोटोः जनता टाइम्सबाट साभार


धादिङ मंसिर ९ । नेपाल कम्युनिष्ट पार्टी निकटका दुई संगठनहरु प्रेस चौतारी र प्रेस संगठनको एकता प्रक्रिया टुङ्गिएर प्रेस संगठन बनेको छ ।

दुई संगठनको लामो गृहकार्य पछि प्रेस संगठन केन्द्रीय कमिटी, प्रदेश कमिटीको पदाधिकारी सहित एकताका क्रममा जिल्ला संयोजक लिने जिल्लाको टुंगो लगाईएको छ ।

धादिङ जिल्लाबाट प्रेस संगठन नेपालको केन्द्रिय अनुशासन आयोगको सह संयोजक केशव अधिकारी र केन्द्रिय सदस्यहरु रामेश्वर कार्की, गायत्री खतिवडा र रमेश लम्साललाई चयन गरिएको छ, जसमा लम्साल बाहेक अन्य पूर्व चौतारीका हुन् । जिल्ला अध्यक्ष भने पूर्व प्रेस सेन्टरले पाउने प्रेस संगठनले निर्णय गरेको छ ।

यस्तो छ प्रेस संगठनले गरेको ३ नम्बर प्रदेश अन्तरगतको भाग बण्डा

प्रदेश–३

इञ्चार्ज र संयोजक: विश्वमणि सुेबेदी -चौतारी

सहसंयोजक: सुनिल खडका – प्रेस सेन्टर

जिल्ला संयोजकहरु देहाय बमोजिमको तात्कालिन संगठनबाट रहने छ ।

तात्कालिन प्रेस चौतारीबाट

१. रामेछाप

२. सिन्धुपाल्चोक

३. मकवानपुर

४. नुवाकोट

५. काभ्रे

६. ललितपुर

८. रसुवा

तात्कालिन प्रेस सेन्टर नेपालबाट

१. दोलखा

२. सिन्धुली

३. चितवन

४. धादिङ

५. काठमाडौं