
धादिङ मंसिर ८ । धादिङको खनियाबास गाउँपालिका डुन्डुरेबाट धादिङबेसी आउँदै गरेको जीप नीलकण्ठ नगरपालिका साँङ्कोष आलडाँडामा दुर्घटना भएको छ ।
ग १ ज ६७५३ नम्बरको यात्रुबाहक बोलेरो जिप दुर्घटना हुदाँ जिपमा सवार सबै घाइते भएका छन् । जस मध्ये ४ जना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
आईतबार बेलुका ४ बजे भएको उक्त दुर्घटना भएको जीपले १६ जना यात्रु धादिङबेसी आउँदै थियो ।
साघुरो मोडमा तिब्र गतिका कारण अनियन्त्रित भई जिप दुर्घटना भएको यात्रु प्रेम तामाङ धादिङपोष्टलाई बताए ।
घाइतेहरु सबैको उद्धार गरी जिल्ला अस्पताल धादिङ ल्याइएको धादिङ सोसल भोलिन्टिएरका अध्यक्ष भेषराज ठकुरीले बताए ।