धादिङ मंसिर ७ । धादिङका प्रदेश सांसद डा. रामकुमार अधिकारीले समाज रुपान्तरणका लागि सहकारीले महत्वपूण भुमिका खेल्ने बताएका छन् ।
शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्था धादिङको ९ औं वार्षिक साधारण सभाका प्रमुख अतिथि समेत रहेका सांसद अधिकारीले समाज रुपान्तरणमा सकारीको अहम भुमिका रहने बताएका हुन् ।
कार्यक्रममा सहकारी संघ धादिङका अध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका अध्यक्ष नेत्र पौडेलले सहकारीको विकास र सिद्धन्तबार प्रष्ट्याएका थिए ।
अध्यक्ष केशरी प्रसाद पन्तको सभापतित्वमा भएको उक्त साधारण सभामा विशेष अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ३ नम्बर प्रदेशका सचिवालय सदस्य रामबहादुर भण्डारी, शिक्षक महासंघका अर्जुन नगरकोटी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाको चालु आ.व.२०७६/७७ मा कुल २० लाख ८० हजार सेयर पुंजी रहेको संस्थामा हाल ५ सय १२ जना सेयर सदस्य रहेका छन् । संस्थाले आर्थिक वर्ष २०७५/७६ मा ३ लाख ४ हजार २९ सय नाफा गर्न सफल भएको छ ।