धादिङको लापामा प्रहरी चौकी स्थापना

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर ५, २०७६

धादिङ मंसिर ५ । धादिङ उत्तरी क्षेत्र रुबीभ्याली गाउँपालिकाको लापामा प्रहरीका कार्यालयको स्थापना गरिएको छ ।

तात्कालिन माओवादीले गरेको जनयुद्धको उद्गम थलोको रुपमा चिनिने लापामा प्रहरी प्रधान कार्यालय प्रशासनको निर्देशन आए सँगै रुबिभ्याली गाउँपालिका वडा नं. ५ लापामा प्रहरी चौकी स्थापना गरिएको हो ।

उक्त प्रहरी चौकी जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख अस्मान तामाङले एक औपचारीक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
प्रहरी चौकी उद्घाटन कार्यक्रममा रुवीभ्याली गाउँपालिकाका प्रमुख चेरोङ तामाङज्यू‚ जिल्ला प्रहरी कार्यालय धादिङ प्रहरी उपरीक्षक राजकुमार बैदवार, रुवीभ्याली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर नेगी‚ उपाध्यक्ष विना लामा तामाङ, राष्ट्रिय अनुसन्धान विभागका उप(निर्देशक मुकुन्द मरहठा लगायतको आतिथ्यता रहेको थियो ।

उक्त प्रहरी चौकीमा हाल प्रहरी हवल्दारको कमाण्डमा ६ जना प्रहरीहरु कार्यरत रहने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।