धादिङ र गाेरखाका जनप्रतिनिधिहरुले आन्दोलनकाे नेतृत्व गर्ने

Avatar photo
Dhadingpost
बुधबार, मंसिर ४, २०७६

धादिङ मंसिर ४ । धादिङ र गाेरखाका स्थानीय तह, प्रदेश र केन्द्रमा निर्वाचित जनप्रतिनिधिहरुले बुढी गण्डकी जलविद्युत आयाेजनाका पिडितहरुकाे आन्दाेलनकाे नेतृत्व गर्ने निर्णय गरेका छन् ।

बुधबार धादिङ र गाेरखाका जनप्रतिनिधिहरुकाे बैठकले सरकारले बुढिगण्डकी जलाशय युक्त जलविद्युत परियाेजनाकाे कामलाई गम्भीरताका साथ नलिएकाे निस्कर्ष निकाल्दै आरुघाट आरखेत लगायतका क्षेत्रहरुकाे मुअब्जा दिन सरकारलाई आव्हान गर्दै हुन दवाव आन्दाेलनकाे नेतृत्व गर्ने निर्णय गरेका हुन् ।

जनप्रतिनिधिहरुकाे उक्त वैठकले पहिलाे चरणकाे तीन दिने चरणवद्ध आन्दाेलनकाे घाेषणा गरेकाे धादिङका प्रदेश संसद जगत सिंखडाले बताए ।

संसद सिंखडाका र गाेरखाका संघीय संसद हरिराज अधिकारीले मंसिर ५,६ र ९ गते भुगाेलमा हुने दवाव मुलक आन्दोलनकाे नेतृत्व गर्ने र सरकारकाे उच्च तहमा छलफल गर्न धादिङका संघीय संसद खेम लाेहनी जिम्मेवारी दिने समेत वैठकले निर्णय गरेकाे बताईएकाे छ ।

मंसिर १० गते सम्म पनि सरकारले कुनै पहल नगरे ११ गते देखि दाेश्राे चरणकाे आन्दोलनकाे कार्यक्रम तय गर्ने समेत आजकाे वैठकले निर्णय गरेकाे वैठकमा सहभागी एक जनप्रतिनिधिले धादिङपाेष्टलाई बताए ।