एड्भान्सकाे एक्का बालक्लवले मनायाे बालदिवस

Avatar photo
Dhadingpost
बुधबार, मंसिर ४, २०७६

धादिङ मंसिर ४ । अन्तरास्ट्रिय बाल दिवसको अवसरमा धादिङबेसी स्थित एड्भान्स एकेडेमीले अन्तर सदनान्तमक भलिबल प्रतियोगिता सहित विविध खेलकुद कार्यक्रम सम्पन्न गरेकाे छ ।

विद्यालयको बालक्लब एक्सन कृयसन कमिटी अफ एड्भान्स (एक्का) को आयोजनामा कक्षा प्ले ग्रुप देखि कक्षा १० सम्म खेलकुद कार्यक्रम गरि मनाइएको हो ।

कक्षा ६ देखि १० सम्म का छात्रा/ छात्र बीच भएकाे अन्तर सदनात्मक भलिबल प्रतियोगितामा छात्रा तर्फ निलो सदन प्रथम र छात्र तर्फ हरियो सदन प्रथम भएको खेल शिक्षक अमृत तामाङले बताए ।

कक्षा प्लेग्रुप देखि कक्षा ५ सम्म बेलुन रेस, हट पटेटो, म्युजिकल चियर, चम्चा गुच्चा दौड लगायतका खेलहरु कक्षागत रुपमा सम्पन्न भएका थिए । एक्का कि अध्यक्ष कक्षा ९ कि भुमिका बानियाको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा विजयी विद्यार्थीहरुलाइ पुरस्कार र प्रमाण पत्र वितरण गरिएको थियो ।