होटल संघ गर्ने भनिएको धादिङ महोत्सव शिखरिणिले गर्दै

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर ३, २०७६

धादिङ मंसिर ३ । धादिङको सदरमुकाममा मंसिर १३ गते देखि जिल्ला होटल संघले गर्ने भनिएको धादिङ कृषि पर्यटन महोत्सव सोहि मितिमा शिखरिणी सहकारीले गर्ने भएको छ ।

जिल्ला प्रशासन धादिङमा जिल्ला होटल संघ विरुद्ध उजुरी परे सँगै छिनविन सुरुभएको बताउँदै जिल्ला होटल संघलाई महोत्सव नगर्न निर्देशन दिए सँगै सहआयोजक शिखरिणी कृषि तथा पर्यटन सहकारीले गर्न लागेको हो ।

शिखरिणी कृषि तथा पर्यटन सहकारीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा होटल संघलाई गर्न नदिएपछि सहआयोजक शिखरिणी आयोजक बनेर मंसिर १३ गते देखि महोत्सव गर्न लागिएकोल सहयोग गर्न अध्यक्ष कल्पना अधिकारीले आग्रह गरिन् ।
उद्योग, व्यापार, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको प्रबद्र्धनमा टेवा पु¥याउने मूल लक्ष्य लिएको बताईएको छ ।
महोत्सवमा करिब १६ करोड बराबरको कारोबार तथा २ लाख दर्शक भित्र्याउने लक्ष्य लिएको छ ।

कृषिजन्य वस्तुहरुको प्रदर्शनी, जिल्लामा उत्पादन भएका सामग्रीहरुको प्रदर्शनी र विक्रिवितरण, जिल्लाको कला, संस्कृतिको प्रस्तुती, १३ वटा नै गाउँ नगरमा रहेका सांस्कृतिक खानाको व्यवस्था, औद्योगिक प्रदर्शनी तथा खरिद विक्री, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी तथा खरिद विक्री, ताजा तरकारी तथा फलफूल तथा कृषि उपज प्रदर्शनी, दुग्ध परिकार प्रदर्शनी तथा विक्रि वितरण, विभिन्न घरेलु उद्योगको प्रदर्शनी, बाल उद्यान, स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती महोत्सवको मुख्य आकर्षण भएको समेत पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

महोत्सवमा १ सय ८० वटा स्टल रहने महोत्सवमा कृषिजन्य तथा जडिबुटी, मीठा परिकार सहितका होटलहरु, दैनिक उपभोग्य सामान, अटोमोबाइल्स, मदिरा एवं सुर्तीजन्य वस्तुहरु, इलेक्ट्रोनिक्स, पर्यटन, हस्तकला तथा छालाका सामानहरु, स्थानीय कला तथा संस्कृतिहरुको प्रदर्शनी रहने अध्यक्ष अधिकारीले बताईन् ।