लागु औषध मुद्धामा फरार दुई महिला पक्राउ

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर ३, २०७६

धादिङ मंसिर ३ । औषध मुद्दा लागी फरार रहेका दुई जना महिलालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

फरार रहि पक्राउ हुनेमा गल्छी गाउँपालिका ७ बस्ने द्वय ५० वर्षिय सरिता भन्ने दूर्गा तामाङ र ३२ वर्षिय गंगा श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जाएको छ ।

उनीहरुलाई अदालतको फैसला बमोजिम मंगलबार कारागार कार्यालय धादिङ चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए ।

प्रतिवादीहरुको थप विवरण
१. सम्मानित धादिङ जिल्ला अदालतबाट मिति २०७५।०६।०९ गतेको फैसलाले १ वर्ष कैद र रु.५००० (पाच हजार) जरिवाना तोकिएको जिल्ला धादिङ साविक बैरेनी गाविस वडा नं.८ हाल गल्छी गाउँपालिका ७ बस्ने वर्ष ५० की सरिता भन्ने दूर्गा तामाङ ।

२. सम्मानित धादिङ जिल्ला अदालतबाट मिति २०७५।०७।२८ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र रु.१०‚००० (दश हजार) जरिवाना तोकिएको जिल्ला धादिङ साविक बैरेनी गाविस वडा नं.८ हाल गल्छी गाउँपालिका ७ बस्ने वर्ष ३२ की गंगा श्रेष्ठ ।