कमला घिमिरेको ‘चिया छानेको’ भिडियो सार्वजनिक

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर ३, २०७६

धादिङ मंसिर ३ । दोहोरी गीतबाट एकाएक भाइरल बनेकी धादिङकी कमला घिमिरेको स्वरमा रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कमलाले गाएको पहिलो गीत ‘चिया छानेको’ म्युजिक भिडियो शुभारम्भ डिजिटल म्युजिक प्रालिको लगानीमा बजारमा आएको हो ।
कमला घिमिरेसँगै अमृत सापकोटाले उक्त गीतमा आवाज दिएका छन् ।

काठमाडौं स्थित रिपोर्टर्स क्लब नेपालको केन्द्रीय कार्यालयमा एक समारोहकागरि सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो एकसाता नवित्दै यो समाचार तयार पार्दा सम्म २८ लाख ८० हजार ३८३ जनाले हेरि सकेका छन् ।

गीतमा नेपालका चर्चित चर्चित मोडलहरूले नृत्यसमेत गरेका छन् । शंकर बिसीको निर्देशन रहेको भिडियोको छायांकन भने दुर्गा पौडेल र सुरेश श्रेष्ठले गरेका हुन् ।

भिडियो