धादिङ मंसिर ३ । धादिङ जिल्लाको फुटबल इतिहासमा बलियो सहभागिता जनाउँदै आएको शितलबजार (सिरान बजार) धादिङको वाईज यूनाईटेडका अनिल भण्डारीले उपाध्यक्ष पद छाडेका छन् ।
वाईज यूनाईटेड धादिङको अधिबेशनबाट उपाध्यक्ष पदमा चयन भएको एक साता पनि पार नगर्दै उपाध्यक्ष पद छाडेको घोषणा गरेका हुन् ।
साता अघि भएको अधिवेशनबाट भिम बहादुर गुरुङ अध्यक्ष उपाध्यक्षमा अनिल भण्डारी, सचिवमा महेन्द्र खनाल र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ पदाधिकारी रहेको नयाँ समिति बनेको थियो ।
अनिल भण्डारीले कार्य व्यस्तताले काम गर्न नसक्ने जनाउँदै उपाध्यक्ष पद छाडे सँगै उपाध्यक्षमा कार्य समितिका सदस्य प्रकाश गुरुङ लाई उपाध्यक्ष बनाइृएको छ भने सदस्यमा फुटबल खेलाडी राजेश भण्डारीलाई चयन गरिएको अध्यक्ष भिमबहादुर गुरुङले धादिङपोष्टलाई बताए ।