नीलकण्ठलाई सहयोग गर्दछौं– उप मेयर निसोमुरा

Avatar photo
Dhadingpost
सोमवार, मंसिर २, २०७६

धादिङ मंसिर २ । जापान स्थित यसोहारा नगरपालिका उप-मेयर सिनोची निसोमुराले नेपालको धादिङ स्थित नीलकण्ठ नगरपालिका सँग भगिनी सम्बन्ध कायम गरि सहयोग गर्ने बताएका छन् ।

सोमबार बिहान नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधीहरु यसोहारा नगरपालिका जापानका जनप्रतिनिधीहरु बीच भएको कार्यक्रममा उप-मेयर निसोमुराले यस अघि पनि नीलकण्ठ नगरपालिकालाई सहयोग गर्दै आएका हौ र अब भगिनी सम्बन्ध कायम गर्दै सहयोग गर्न तयार रहेको बताएका हुन् ।

कार्यक्रममा नीलकण्ठ नगरपालिका प्रमुख भिमप्रसाद ढुङ्गानाले यसोहारा निरन्तरको छलफल र भौगोलिक अवस्था मिल्दो जुल्दो रहेकोले भगिनी सम्बन्धले नीलकण्ठ नगरपालिकालाई फाईदा पुग्ने बताएका थिए ।

उपमेयर निसोमुरा सहितको जनप्रतिनिधिरुको टिम धादिङबेसी आईपुगे सँगै नीलकण्ठ नगरपालिकाले आईतबार साँझ रात्रिभोजको आयोजना गरेको थियो ।