बोदनाथ दुवाडीलाई पितृशोक

Avatar photo
Dhadingpost
मंसिर २, २०७६

धादिङ मंसिर २ । उद्योग वाणिज्य महासंघको मेला समितिका सदस्य एवम् धादिङ उद्योग वाणिज्य संघका नि वर्तमान अध्यक्ष बोदनाथ दुवाडीलाई पितृशोक परेको छ ।

धादिङबेसी स्थित दुवाडी एग्रोभेटका संचालक समेत रहेका बोदनाथ दुवाडीका पिता कुलप्रसाद दुवाडीको सोमबार ९० वर्षको उमेरमा निधन भएको हो ।

विगत केहि महिना देखि विरामी रहेका कुलप्रसाद दुवाडीको धादिङबेसी स्थित आफ्नै घरमा निधन भएको थियो ।