गजुरीमा अवैध गाँजा खेती फडानी

Avatar photo
Dhadingpost
सोमवार, मंसिर २, २०७६

धादिङ मंसिर २ । प्रहरीले धादिङको दक्षिण क्षेत्रका विभिन्न ठाउँहरुमा रहेका गाँजा नष्ट गर्ने क्रमलाई तिब्रता दिएको छ ।

गाँजा फडानी अभियानलाई निरन्तरता दिँदै आईतबार गजुरी गाँउपालिका वडा नं.८ चैनपुर लगायतका विभिन्न स्थानहरुमा लगाईएको गाँजा नष्ट गरेको हो ।

ईलाका प्रहरी कार्यालय गजुरीबाट शंकर चौधरीको कमाण्डमा खटिएको १५ जनाको प्रहरी टोलीले गजुरी ८ चैनपुर लगायतका विभिन्न ठाउँमा पुगी एक सय रोपनी जग्गामा लगाईएको अवैध गाँजा खेती फडानी गरी आगो लगाई नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीले जानकारी दिए ।