शुभलाभमा मंसिर ४ गते हाडजोर्नी सम्बन्धीको डाक्टर आउने

Avatar photo
Dhadingpost
आइतवार, मंसिर १, २०७६

धादिङ मंसिर १ । धादिङबेसी पुछारबजार प्रहरी बीट अगाडी रहेको शुभलाभ पोलिक्लिनिकमा मंसिर ४ गते हाडजोर्नी तथा नसा सम्बन्धीको विशेषज्ञ डा. द्विव्य पुरुष ढकाल आउने भएका छन् ।

विगत केहि वर्ष देखि विभिन्न स्वास्थ्य सेवाहरु सहज रुपमा प्रवाह गर्दै आईरहेको शुभलाभले मंसिर ४ गते बुधबार हाडजोर्नी तथा नसा सम्बन्धी विरामीको चेक जाँच सँगै सामान्य शल्यक्रिया गर्ने गरी डा. द्विव्य पुरुष ढकाल आउने भएका हुन् ।

निम्न रोगीहरुलाई उक्त दिन चेकजाँचको लागि आउन शुभलाभले सूचना समेत जारी गरेको छ ।

१. ढाडको दुखाई, हात गोडा तथा शरीर झमझमाउने भएमा ।
२. उकालो ओरालो हिड्दा ढुँडा तथा पैतालाको दुखाई भएमा ।
३. शरीरको कुनै पनि भागको जोनीको समस्या भएमा ।
४. हात खुट्टाका औला भाचिएर बाँङ्गो भएको छ भनेमा ।
५.हाडजोनी सम्बन्धी अप्रेसन गर्नु पर्ने भएमा