धादिङ कार्तिक ३० । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ नाराका साथ धादिङको गलौंदीमा भएको आठौं प्याब्सन प्रेसिडेण्ट कपमा धादिङबेसी स्थित एड्भान्स एकेडेमी प्रथम भएको छ ।
शुक्रबार देखि गजुरी गाउँपालिका स्थित गलौदी खेल मैदानमा भएको प्याब्सन प्रेसिडेन्ट कप-२०७६ खेलकुद प्रतियोगितामा विद्यार्थीले जितेको मेडलको आधारमा १२८ अंक ल्याउँदै एड्भान्स एकेडेमी प्रथम भएको हाे ।
यस्तै प्रतियोगितामा ९६ अंक ल्याउँदै राइजिङ भिलेज आवासीय माध्यमिक विद्यालय, बैरेनी द्वितिय भएको थियो । धादिङबेसी स्थित चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयले ९१ अंक ल्याउँदै तृतिय बनेको थियो भने ७४ अंकका साथ सल्यानटार बालविकास इङ्लिस बोर्डिङ स्कुल, सल्यानटार र ६३ अंक ल्याउँदै धुनीबेसी स्थित गुड स्टार इङ्लिस स्कुल, धार्के सान्तोना भएका थिए ।
पुरस्कृत विद्यार्थी र विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि गजुरी गाउँपालिकाका प्रमुख राजेन्द्रविक्रम बस्नेतले पुरस्कार वितरण गरेका थिए ।
प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकीको सभापतित्वमा भएको पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले नीजि विद्यालयले खेलकुद विकासमा महत्वपूर्ण योगदान गरेको बताएका थिए । खेलकुद विकासका लागि गजुरीले विशेष योजना बनाएको बताउँदै उनले गलौदी खेल मैदान सुदृढ र स्तर उन्नतीका लागि २ करोडको काम हुँदै गरेको समेत बताएका थिए । कार्यक्रममा गजुरी गाउँपालिका उप प्रमुख सिता ढुङ्गाना, प्याब्सनका केन्द्रिय उपाध्यक्ष शान्तविक्रम बानियाँ लगायतको आतिथ्यता रहेको थियो ।
नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन-प्याब्सन धादिङको आयोजना गरेको यस प्रतियोगितामा प्याब्सन धादिङका सदस्य रहेका २३ वटा नीजि विद्यालयहरुले भाग लिएका थिए ।
आठौँ प्याब्सन प्रेसिडेन्ट कप २०७६ नतिजा
आठौं प्याब्सन प्रेसिडेन्ट कपमा सहभागी विद्यालयहरु
१. बालबाटिका ईङ्लिस बोर्डिङ स्कूल
२. सल्यानटार बालविकास ईङ्लिस बोर्डिङ स्कूल
३. सल्यानटार युनाइटेड ईङ्लिस बोर्डिङ स्कूल
४. फ्युचर केयर ईङ्लिस बोर्डिङ स्कूल
५. धुनीबेसी ईङ्लिस बोर्डिङ स्कूल
६. गुड स्टार्ट ईङ्लिस बोर्डिङ स्कूल
७. शान्तिदीप एकेडेमी
८. चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालय
९. सुनगाभा एकेडेमी
१०. एड्भान्स एकेडेमी
११. बाल ज्योति ईङ्लिस बोर्डिङ स्कूल
१२. ब्लुमिङ लोटस ईङ्लिस बोर्डिङ स्कूल
१३. राइजिङ स्टार ईङ्लिस बोर्डिङ स्कूल
१४. सरस्वती चिल्ड्रेनपार्क ईङ्लिस बोर्डिङ स्कूल
१५. न्यू महाकाली एकेडेमी
१६. बेनी शिक्षा सदन
१७. ब्राइट फ्युचर ईङ्लिस बोर्डिङ स्कूल
१८. पशुपति शिक्षा मन्दिर
१९. राइजिङ भिलेज ईङ्लिस बोर्डिङ स्कूल
२०. सक्सेस एकेडेमी
२१. पाविल इङ्लिस मेडियम स्कूल
२२. जगदम्बा ईङ्लिस बोर्डिङ स्कूल
२३. मुनाल एकेडेमी