धादिङमा फरार दुई अभियुक्त पक्राउ

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक ३०, २०७६

धादिङ कार्तिक ३० । धादिङ स्वारी ज्यान अपराध गरेको जिल्ला अदालत धादिङ फैसाला गरे सँगै फरार रहेका को दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत अदालतले २ वर्ष कैद र ७ हजार० जरिवाना हुने फैसला गरेको दुई प्रतिवादी सिद्धलेक गाउँपालिका १ का सन्त बहादुर गुरुङ र गजुरी गाउँपालिका ६ बन्छेटारका श्रीपोडे तामाङलाई प्रहरीले बिहिबार पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई धादिङ जिल्ला अदालत समक्ष पेस गरी, कैद भुक्तानको लागी धादिङ जिल्ला कारागार धादिङ चलान गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।