नेकपाको निर्वाचन आयोगमा विष्णुपुकार श्रेष्ठ मनोनित

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २५, २०७६

धादिङ कार्तिक २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठकले धादिङका नेता विष्णुपुकार श्रेष्ठलाई पार्टीको केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा मनोनित गरेको छ ।

तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीचको एकतालाई अन्तिम स्वरुप दिने क्रममा सोमबारको बैठकले नेता श्रेष्ठलाई निर्वाचन आयोगको अध्यक्षमा मनोनित गरेको हो ।

सचिवलय बैठकको निर्णय

१. केन्द्रीय अनुशासन आयोग अध्यक्ष- अमृतकुमार बोहोरा, सचिव- अशोक रोकाय
२. निर्वाचन आयोग अध्यक्ष- विष्णुपुकार श्रेष्ठ, सचिव- माधवप्रसाद पौडेल
३. लेखापरीक्षण आयोग अध्यक्ष- पुष्पराज कँडेल, सचिव- टेकनाथ आचार्य
४. सल्लाहकार परिषद् अध्यक्ष- केशवप्रसाद बडाल, सचिव- नन्दकुमार थापा
५. जेष्ठ कम्युनिस्ट मन्च अध्यक्ष- नन्दकुमार प्रसाई, सचिव- गोविन्द ज्ञवाली