गजुरीमा अनेरास्ववियुको भारत विरुद्ध प्रदर्शन

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक २४, २०७६

धादिङ कार्तिक २४ । भारतले नेपाली भुमी कब्जा गरी नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन धादिङले गजुरीमा विरोध प्रदर्शन गरेको छ ।

नेपाली भूमि लिपुलेक र कालापानी दुवैलाई भारतले सार्वजनिक गरेको नयाँ नक्सामा राखेपछि नेपालभर विरोध भैरहेको बेला धादिङ गजुरीमा पनि अनेरास्ववियु धादिङले आईतबार गजुरीमा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनलाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रिय सदस्य सन्तोषराना क्षेत्रीले भारतले कब्जागरी नक्सामा समेटेको नेपाली भुमी विना सर्त छाड्नु पर्ने बताएका थिए । नेपालमा विरोधहुन थाले पनि भारतिय पक्षले उक्त क्षेत्रमा झनै सुरक्षा गतिविधि वढाएको भन्दै सरकारले यस विषयमा गम्भीर हुनुपर्ने समेत क्षेत्रीले बताएका थिए । उनले हामी नेपालीहरुलाई विश्वमा नै कमजोर राष्ट्रको रुपमा भरतले सोचेको भन्दै बोल्ड निर्णय गर्दै आफ्नो भुमि फिर्ता गर्न सरकारलाई आव्हान गरे ।

आईतबार नै नेवि संघले पनि धादिङबेसीमा भारतिय हस्तक्षपको विरुद्ध विरोध प्रदर्शन गरेको थियो ।