धादिङ कार्तिक २३ । धादिङको कृषि बजार अध्ययनका लागि धादिबेसीमा जिल्ला स्तरीय छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कृषि ज्ञान केन्द्र धादिङको आयोजनामा शुक्रबार भएको छलफल कार्यक्रममा कृषि क्षेत्रमा देखा परेका समस्या, कृषकले उत्पादन गरेका तरकारी बजार व्यवस्थापनको बारेमा छलफल गरिएको थियो ।
किसानहरुले उत्पादन गरेको तरकारी बालीहरुको सङ्कलन केन्द्र तथा चिस्यानकेन्द्रहरु नहुँदा समस्य परेको सहभागिहरुले बताएका थिए ।
जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतासम्पन्न भएको उक्त कार्यक्रममा प्राध्यापक अच्युत प्रसाद वाग्ले, निमित्त प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मा, नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी लगायतको सहभगिता रहेको थियो ।