धादिङ कार्तिक २१ । धादिङको गजुरी गाउँपालिका अन्तरगत मलेखुबाट लागु औषध सहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागु औषध नाईट्रोसन १० लेखिएको ट्यावलेट २८८ पिस, Buprenorphine नोर्फिन लेखिएको ९५० यम्पुल, फेनेरागन ५० यम्पुल, डाईजेपाम-५० एम्पुल र लु ३३ प २७२५ नम्बरको मोटरसाईकल सहित दुईजनालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका ७ बस्ने २८ वर्षिय सुर्य लामीछाने र लमजुङ सुन्दरबजार नगरपालिका ८ बस्ने २८ वर्षिय आकास क्षेत्री रहेको प्रहरीले जनाएको छ ।