धादिङमा फरार अभियुक्त २२ वर्षपछि पक्राउ

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक २०, २०७६

धादिङ कार्तिक २० । ज्यानमार्ने उद्योगमा ८ वर्ष कैद सजायँ सुनाईएका नेत्रावती डब्जोङ गाउपालिकाका फरार अभियुक्त चन्द्र बहादुर तामाङलाई २२ वर्ष पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

२०५४ साल फागुन ३ गते नेत्रावती डबजोङ ३ स्थित पेम्बा दोर्जे तामाङलाई सोहि ठाँउका चन्द्र बहादुर तामाङ, मैते तामाङ धने तामाङ समेत ३ जनाले कुटपिट गरी गम्भिर घाईते बनाएका थिए ।

पेम्बा दोर्जे तामाङको उजुरीका आधारमा जिल्ला अदालत धादिङले ज्यान मार्ने मनसायले कुटपिट गरेको फैसला गरे सँगै चन्द्र बहादुर तामाङ फरार थिए । उनलाई अदालतले १० वर्ष कैद सजाय सुनाएको थियो ।

५२ वर्षिय अभियुक्त चन्द्र बहादुर तामाङलाई पक्राउ गरि मंगलबार धादिङ जिल्ला अदालतमा पेस गरेको प्रहरीले जनाएको छ ।