धादिङ कार्तिक २० । धादिङमा संचालनमा आएका सार्वजनिक यातायातका साधनहरुले जेष्ठ नागरिकहरुलाई भाडामा २८ प्रतिशत छुट दिने भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङमा प्रहरी उपरीक्षक राजकुमार बैदवारको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकमा धादिङका यातायात व्यवसायी संघहरुले नागरिकहरुलाई भाडामा २८ प्रतिशत छुट दिने सहमति जनाएका हुन् ।
वैठकमा नीलकण्ठ नगरपालिका कार्यालय धादिङका प्रतिनिधि‚ धादिङ जिल्लाका यातायात व्यवसायीहरु‚ नगर यातायात व्यवसायी‚ अटो ई रिक्सा व्यवसायी‚ ट्राफिक प्रहरी‚ जेष्ठ नागरिक समाज धादिङका अध्यक्ष अब्जनाथ सापकोटा तथा प्रतिनिधीहरु लगायतको उपस्थितिमा रहेको थियो ।
भाडामा छुट लिनका लागि साथमा जेष्ठ नागरिक परिचय पत्र हुनुपर्ने ग्रामिण यातायात प्रालिका अध्यक्ष राजेन्द्र अधिकारीले धादिङपोष्टलाई बताए ।