अमेरिकामा जितिन बिमला तामाङले स्वर्ण पदक

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक १९, २०७६

धादिङ कार्तिक १९ । न्युयोर्कमा भएको १५ औ ओकिनवान कराते कोबुदो च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै धादिङकी बिमला तामाङले स्वर्ण जितेकी छिन् ।

दक्षिण एशियाली खेलकुद (.साग) मा कास्य विजेता विमला तामाङले अमेरिकामा भएको १५ औ ओकिनवान कराते कोबुदो स्वर्ण जितेकी हुन् ।

विमलाले आफ्नो नियमित इभेन्ट कातामा स्वर्ण जितिन । यस्तै उनले कुमितेमा रजत पदक जितिन । उनी ग्राण्ड च्याम्पियनमा पनि छनौट हुदै सफल भइन । ग्राण्ड च्याम्पियन हरेक इभेन्टमा स्वर्ण जित्नेहरु बीचमा पुन प्रतिस्पर्धा हुने इभेन्ट हो । यसमा पनि विमलाले स्वर्ण जित्दै ६ फिट अग्लो ट्रफि पाएको आइएमए निहान कराते डो न्युयोर्कले जनाएको छ ।