ब्वाइज युनाइटेडकाे अध्यक्षमा भिम गुरुङ चयन

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक १८, २०७६

धादिङ कार्तिक १८ । धादिङबसी सितलबजार स्थित ब्वाइज युनाइटेड धादिङ क्लवकाे अध्यक्षमा भिम बहादुर गुरुङ चयन भएका छन् ।

विगत केही वर्ष देखि जिल्ला र जिल्ला बाहिर विभिन्न खेलकुद प्रतियाेगिताहरुमा उल्लेख्य भुमिका निर्वाह गर्दै अाएकाे यस क्लवकाे विशेष अधिवेशनबाट गुरुङ अध्यक्षमा चयन भएका हुन्क्ष ।

राजन भण्डारीकाे भण्डारीको अध्यक्षतामा भएकाे उक्त अधिवेशनबाट उपाध्यक्षमा अनिल भण्डारी, सचिवमा महेन्द्र खनाल र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ चयन भएका छन् ।

खेलकुद सँगै सामाजिक काममा गतिविधि गर्दै अाएकाे यस क्लवले नयाँ कार्य समिति गठन गरे सँगै सितलबजारका युवाहरुले खुसीयालि मनाएका छन् ।