अन्तर्राष्ट्रिय धादिङ समाजकाे प्रवक्तामा राजन खकुराल

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक १८, २०७६

धादिङ कार्तिक १८ । अन्तर्राष्ट्रिय धादिङ समाजकाे प्रवक्तामा चैनपुर घर भई युकेमा रहेका राजन खकुराल चयन भएका छन् ।

विदेशमा छरिएर रहेकाहरुका धादिङबासीहरुकाे साझा संस्थाकाे रुपमा जन्मिएकाे अन्तर्राष्ट्रिय धादिङ समाजकाे प्रवक्तामा
धादिङ ज्वालामुखी गाउँपालिका वडा नं ७ चैनपूर घर भई युकेमा रहेका खकुराल चयन भएका हुन् ।

समाजकाे अधिवेशन एक महिना पहिला काठमाडौंमा सम्पन्न भए सँगै कार्यसमितले समाज सेवामा उदाउदा युवा खकुराललाई प्रवक्तामा चयन गरिएकाे अध्यक्ष नानुकाजी अर्यालले धादिङपाेष्टलाई बताए ।

अन्तर्राष्ट्रिय धादिङ समाजकाे नामकाे गरिमा राख्न आफुले सकेकाे याेगदान गर्ने प्रवक्ता खकुरालले बताए ।