नलाङ पात्लेका किसानलाई बाख्रा उपहार

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक १८, २०७६

धादिङ कार्तिक १८ । धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका वडा नम्बर २ नलाङ पात्लेका किसानलाई बाख्रा उपहार प्रदान गरिएकाे छ ।

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङ, बोहार फाउन्डेसन, हेफर ईन्टरनेशनल नेपाल, सिद्धलेक गाउँपालिकाको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत आज ४० जनालाई बाख्रा उपहार प्रदान गरीएको हो ।

श-शक्ति स्वालम्बी महिला समुहले प्रगतिशील र सिर्जनशील स्वबलम्बी महिला समुहका सदस्यहरुलाई २/२ ओटा बाख्रा वितरण गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।

बाख्रासँगै बाख्रा बाँध्ने किलो र एक मुठ्ठो घाँस पनि सँगै वितरण गरिएकाे उक्त कार्यक्रममा धादिङ जिल्ला क्षेत्र नंं २ का संघिय सासंद खेमप्रसाद लोहनीको प्रमुख आतिथ्य रहेको थियो ।

सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल, उपाध्यक्ष कमला शर्मा, हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम कार्यक्रम अधिकृत बिशाल बस्नेत, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, अध्यक्ष सबिता अर्याल, उपहार महिला कृषि सहकारीको अध्यक्ष सुनिता सिलवाल, संचारकर्मीहरु, सिद्धलेकमा गठन भएका मुल तथा उपहार समुहका सदस्यहरुको समेत उल्लेख सहभागीता रहेको कार्यक्रम संयोजक ईश्वरी कोईरालाले बताईन ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै बिशेष सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले महिला ससक्तिकरणको लागी यस्तो कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको भन्दै खुशी व्यक्त गरेका थिए ।