धादिङमा थपिए नयाँ कलाकार

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक ७, २०७६

धादिङ कार्तिक ७ । धादिङमा पछिल्लो समय लोक प्रिय गित गाउँदै नयाँ कलाकारका रुपमा शंकर कडेल देखा परेका छन् ।
धादिङ सल्यानकाेट चिसापानीका कडेलले
पूर्णिमाको चम्किलो त्यो जुन मनपर्छ, किन-किन उनकै नजिक हुन मनपर्छ ।

भन्ने नयमा पुर्णिमा बोलको गीत सार्वजनिक गरे सँगै नयाँ कलाकारको रुपमा कडेल देखा परेका हुन् । जर्मनमा ईन्जिनियरिङ्ग बिषय अध्ययन गरिरहेका उनले माया र पिरतीको मर्मस्पर्शी भाव बोकेको पुर्णिमा म्यूजिक भिडियो अहिले लोकप्रिय बन्दै गहि रहेको छ ।

गीतको शब्द सङ्गीत राज खड्काको रहेको छ, स्वर शंकर कँडेलले आफैले दिएका छन् ।  गीतको भिडियो निर्देशन दिपक आचार्यले गरेका छन् भने अभिनय रिया श्रेष्ठ र सुसान्त पाठकले गरेका छन् ।