धादिङ कार्तिक २ । धादिङको नेत्रावती गाउँपालिका मार्पाक स्थित निरन्जना उच्च माध्यामिक विद्यालयलाई ०५६ सालमा एसएलसी दिएका विद्यार्थीहरुले विद्यालयलाई सिसि क्यामरा, प्रोजेक्टर हस्तान्तरण सँगै जडान गरि दिएका छन् ।
शुक्रबार एक विशेष कार्यक्रमका बीच ०५६ को ब्याचका विद्यार्थीहरु होम अधिकारी, काजिराम अधिकारी, साबित्रा थापा धिताल, भवानी अधिकारी, भावाना अधिकारी, सानू अधिकारी, युग घले, रुद्र घले लगायतले सिसि क्यामरा हस्तान्तरण सँगैं गाउँपालिका भित्रका ८ वटा बिध्यालयका ६८ जना बिध्यार्थीहरुले भाग लिएको हस्तलेखन प्रतियोगिता समेत गरेका थिए ।
धादिङका प्रदेश संसद डा. रामकुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ०५६ को ब्याचका विद्यार्थीहरुले १४ जना शिक्षक लगायत अन्य गरि जम्मा १६ जनालाई दोसल्ला सहित सम्मान गरेका थिए । तस्वीरः काजीराम अधिकारी