नाै महिना पछि भेटियाे हराएको माेटरसाईकल

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक २, २०७६

धादिङ कार्तिक २ । जिल्ला प्रहरी कार्यालय धादिङले ९ महिना देखि हराई रहेकाे माेटरसाईकल फेला पारी सम्वन्धित धनीलाई हस्तान्तरण गरेकाे छ ।

काठमाण्डौको तारकेश्वर न.पा ७ मा पार्किङ गरेको स्थानबाट हराएको बा ९६ प ५७ नं. को १५० होण्डा कम्पनिको मोटरसाईकल ९ महिना पछि बेबारिसे अबस्थामा फेलापारि सम्वन्धित धनिलाई हस्तान्तरण गरेकाे हाे ।

धादिङको रुबिभ्याली गाउँपालिका ३, साबिकको सेर्तुङ ६ घर भई हाल काठमाण्डौको तारकेश्वर न.पा ७ बस्दै अाएका नारायण तामाङको मोटरसाईकल टोड्केबाट खटिएको प्रहरी टोलिले २०७६ भदौ ८ गते नेत्रावतीको चरङ्गेमा वेवारिसे अवस्थामा फेला पारेकाे थियाे ।