रुबिभ्यालीकाे बुम्ला खाेलामा डुबेर वेपत्ता भएका तामाङकाे शव निकालियाे

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक २, २०७६

सुशन तामाङ
धादिङ कार्तिक २ । उत्तरी धादिङको रुबिभ्याली गाउँपालिका वडा नम्बर ६ र ५ को बीचमा पर्ने बुम्ला खोलामा विगत ३ देखि डुबेर हराई रहेका सिताराम तामाङकाे शव फेला परेकाे छ ।

शुक्रबार हेलिकप्टरबाट बुम्ला खाेला पुगेकाे सशस्त्र प्रहरीले ३ दिन देखि डुबेर हराई रहेका तामाङकाे शव शनिबार बिहान फेला परेकाे हाे ।

रुबिभ्यालि वडा नम्बर ६ कुप्चेतका १७ वर्षिय सिताराम तामाङ पौडी खेल्ने क्रम्ममा तीन दिन अघि डुबेर बेपत्ता भएका थिए ।

फाेटाे मिम्बा तामाङ