नवजीवन सहकारीको अध्यक्षमा रमा अधिकारी चयन

Avatar photo
Dhadingpost
बिहिबार, अशोज ३०, २०७६

धादिङ असाेज ३० । गजुरी गाउँपालिकाका संचालित नवजीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे अध्यक्षमा रमा अधिकारी चयन भएकी छिन् ।

बिहिवार सम्पन्न भएकाे सहकारीकाे सातौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट रमा अधिकारी अध्यक्षमा चयन भएकी हुन् ।

अधिवेशनले उपाध्यक्षमा उर्मिला श्रेष्ठ सदस्यहरुमा दिलु घिमिरे, साबित्रि श्रेष्ठ, इन्द्रकुमारी तिमल्सिना, पदम कुमारी न्यौपाने, फुलमाया तामाङ, शान्ति तामाङ, सिर्जना चेपाङ गरि ९ सञ्चालन समिति चयन गरेको छ ।

वि. स. २०६९ मा साविकको पीडा गाविस भित्रका एक घर एक सेयर सदस्य समावेश हुनेगरि संचालनमा आएकाे यस सहकारीले बाल बचत तथा व्यक्तिगत बचत र असल ऋणिलाई पुरस्कृत गर्ने गरेको छ ।

सहकारी अध्यक्ष अम्बिका अधिकारीको अध्यक्षता र गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियाे । तस्वीर: नारायण सुवेदी