धादिङ प्रहरी प्रमुख नै सडकमा, बढी भाडा लिने गाडीलाई कार्वाही

Avatar photo
Dhadingpost
अशोज २३, २०७६

धादिङ असोज २३ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक राजकुमार बैदवार आफै सडक अनुगमनमा पुगी बढी भाडा दिने सावारी साधनलाई कार्वाही गरेका छन् ।

चाडपर्वको समयमा सवारीको सिट क्षमता‚ सवारी दुर्घटना न्यूनिकरण‚ बढी भाडादर सम्बन्धी अनुगमनका लागी धुनिवेशी नगरपालिका ८ खानिखोला स्थित त्रिभुवन राजपथ पुगेका प्रहरी उपरिक्षक बैदवारले ना ५ ख ४८१९ नम्बरको बसले तोकिएको भाडा दर भन्दा बढी भाडा लिएको पाएपछि कार्वाही गरेका थिए ।

काकंड्भिट्टाबाट काठमाण्डौ जाँदै गरेको उक्त बसले बढी भाडा लिएको पाईएकोले यात्रु सँग लिएको बढी भाडा फिर्ता गराई उक्त बसलाई सवारी ऐन अनुसार कार्वाही गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काले धादिङपोष्टलाई बताए ।

सडक अनुगमनको क्रममका प्रहरीले सुरक्षित यात्राको कामना‚ ओभरटेक नगरौं‚ सडकको नियम पालना गरौं भन्ने समेत सूचना प्रवाह गरेको थियो ।