सिद्धलेकमा ३२ जनालाई बाख्रा उपहार

Avatar photo
Dhadingpost
बिहिबार, अशोज ९, २०७६

धादिङ असोज ९ । धादिङ जिल्लाको सिद्धलेक गाउँपालिका वडा नम्बर ४ सलाङ फागफुगका ३२ जनालाई बाख्रा उपहार प्रदान गरिएको छ ।

साना किसान सबलिकरण कार्यक्रम अन्तरगत बुधबार प्रयास नेपाल धादिङको सहयोगमा सलाङ फाकफुकका ३२ जनालाई बाख्रा उपहार प्रदान गरिएको हो ।

बाख्रा बाँध्ने किलो र एक मुठ्ठो घाँस सहित फुलबारी स्वालम्बी महिला समुहले लालिगुँरास र जलकन्या स्वबलम्बी महिला समुहका सदस्यहरुलाई २–२ ओटा बाख्रा वितरण थियो ।

फुलबारी स्वालम्बी महिला समुहका अध्यक्ष तथा उपहार महिला कृषि सहकारीको उपाध्यक्ष रञ्जना पुरिको अध्यक्षतामा सम्पन्न उपहार प्रदान कार्यक्रममा सिद्धलेक गाउँपालिकाका उपप्रमुख कमला शर्माको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रमलाई सम्बोधन हुदै प्रमुख अतिथि सिद्धलेक गाउँपालिकाका उपप्रमुख कमला शर्माले महिला ससक्तिकरणको लागी यस्तो कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको बताईन् ।

यसैगरी वडाध्यक्ष रामहरि बराकोटी र देव बहादुर पुलामीले सिद्धलेक गाउँपालिकामा कुनै पनी जग्गा बाझो राख्न नपाईने गाउँपालिकाको निर्णयलाई बाख्रा पालन कार्यक्रमले सहयोग गरेको बताएका थिए ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले समुदाय सामाजिक भावना हराउँदै गएको अबस्थामा सामाजिक पुँजि वृद्धि गर्नुको स्थानीय सीप, प्रविधि ,जमिनको प्रयोग गरि आय आर्जनको सहयोग गरिएकोले आफुले पाएको बाख्राको सहि सदुपयोग गर्नको लागी आग्रह गरेका थिए । (धादिङपोष्टका लागि तस्वीर सौजन्य धामोदर अर्याल)