धादिङ असोज २ । प्रयास नेपाल धादिङ्गका कार्यकारी निर्देशक दामोदर अर्यालले सिद्धलेकका महिलाहरु उद्यमी बन्न आतुर रहेको बताए ।
विभिन्न महिला समुह हुँदै महिला सहकारी बनाई काम गरिहेको प्रयास नेपालका कार्यकारी निर्देशक अर्यालले सिद्धलेक इर्जु नेपाल गाउँमा साना किसान सबलिकरण कार्यक्रम अन्तरगत भएको तालिम समापन गर्दै यस्तो बताएका हुन् ।
सिद्धलेक गाउँपालिका वडा नं ६ इर्जु नेपाल गाउँमा गठित सरस्वती महिला सदस्यहरुको लागि ४ दिने तालीम संचालन भएको हो ।
तालिममा स्वः नेतृत्व, सकारात्मक सोचका पाईलाहरु, हाम्रो मुल्य मान्यताहरुको बारेमा अन्तरक्रिया भएको थियो ।
तालिममा १२ वटा आधारशीलाहरु उपहार प्रदान, उत्तरदायित्व, बाँडिचुँडी उपभोग र स्याहार, दिगोपना र आत्मनिर्भरता, पशु तथा स्रोतको उचित व्यवस्थापन, पोषण स्वास्थ्य र आयआर्जन, लैङ्गिक र परिवार केन्द्र बिन्दु, बास्तविक आवश्यकता र न्याय, वातावरण सुधार, पूर्ण सहभागीता, तालीम शिक्षा र संचार,आध्यामिकताका लगायतका बिषयमा प्रयास नेपाल धादिङ्गका कार्यकारी निर्देशक दामोदर अर्याल, सामुदायिक सहजकर्ता एकराज पण्डित, अनिशा कट्टेलले सहजिकरण गरेका थिए ।
महिला समुहको सदस्यहरुले तालिमबाट हाँसिल भएको सिकाई आफुले व्यवहारमा कार्यान्वयन तथा ज्ञान सीप बिस्तार र अनुगमन कार्य योजना गरेको सामुदायिक सहजकर्ता अनिशा कट्टेलले बताईन् ।