तामाङ संचार समुहद्वारा सिडियोलाई स्वागत

Avatar photo
Dhadingpost
भदौ २३, २०७६

सन्दिप स्याम्चेन तामाङ
धादिङ भाद्र २३ ।
मकवानपुर जिल्ला प्रशासनबाट सरुवा भई धादिङ आएका प्रमुख जिल्ला अधिकारी आशमान तामाङलाई धादिङका तामाङ संचार समुहले स्वागत तथा सम्मान गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी तामाङको कार्य कक्ष मै पुगेर तामाङ संचार समुह धादिङ, नेपाल तामाङ घेदुङ धादिङ, म्हेन्दोमाया कलाकार संघ धादिङका अध्यक्ष एवम् पदाधिकारीहरुले आईतबार स्वागत तथा सम्मान गरेका हुन् ।

तामाङ जातिको बाहुल्यता रहेको धादिङ तामाङ नै प्रमुख जिल्ला अधिकारी बनेर आउनु भएको छ धादिङको विकट वस्तीहरुमा पुग्न सिडियोलाई आग्रह गरियो, तामाङ पत्रकार समुह धादिङका अध्यक्ष विमल तामाङले बताए ।