शेराबेसी महिलाहरुद्धारा प्रतिबद्धता

Avatar photo
Dhadingpost
बिहिबार, भदौ १२, २०७६

धादिङ भाद्र १२ । सिद्धलेक गाउँपालिका वडा नं ७ शेराबेसीका महिलाहरुले सिकेको ज्ञान, सीप व्यवहारमा लागू गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

४ दिने आधारसिला कार्यशालामा सहभागि शेराबेसीका महिलाहरुले तालिमबाट सिकेका जिवन उपयोगि सिप लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

पञ्चकन्या स्बबलम्बी महिला समुहको व्यवस्थापनमा प्रयास नेपाल धादिङले हेफर ईन्टरनेशनल नेपाल र सिद्धलेक गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त तालिम भएको थियो ।

तालिममा १२ वटा आधारशीलाहरु उपहार प्रदान, उत्तरदायित्व, बाँडिचुँडी उपभोग र स्याहार, दिगोपना र आत्मनिर्भरता, पशु तथा स्रोतको उचित व्यवस्थापन, पोषण स्वास्थ्य र आयआर्जन, लैङ्गिक र परिवार केन्द्र बिन्दु, बास्तविक आवश्यकता र न्याय, वातावरण सुधार, पूर्ण सहभागीता, तालीम शिक्षा र संचार, आध्यामिकताका लगायतका बिषयमा प्रयास नेपाल धादिङ्गका कार्यकारी निर्देशक दामोदर अर्याल, कार्यक्रम संयोजक ईश्वरी कोईराला, सामुदायिक सहजकर्ता एकराज पण्डित,अनिशा कट्टेलले सहजिकरण गरेका थिए ।

शुक्रबारबाट शुरु भएको तालिम समापन कार्यक्रममा सिद्धलेक गाउँपालिका बडा नं ७ का वडाअध्यक्ष लक्ष्मण खतिवडा, प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले कार्यक्रमको संचालन प्रक्रिया, संस्थाबाट हुने सहयोग तथा सहजिकरण र अनुगमनका बारेमा जानकारी गराएका थिए ।

प्रयास नेपालले सिदलेक गाउँपालिकाको वडा नं १ देखि ७ सम्म ५९ वटा समूह मार्फत कार्यक्रम संचालन गरि रहेको छ ।