सामान सहित चोर पक्राउ

Avatar photo
Dhadingpost
शनिबार, साउन १८, २०७६

धादिङ साउन १८ । धादिङको गल्छी गाउँपालिका ६ वैरेनी, महेश दोभान बस्ने बिन्दा श्रेष्ठ भन्ने हरीमाया श्रेष्ठको घरबाट चोरी भएको सामान सहित चोरीमा संलग्न व्यक्ति पक्राउ परेका छन् ।

गत आईतबार हरीमाया श्रेष्ठको घरको कोठाभित्र प्रवेश गरीे दराज फुटाई सुन चाँदीको गर गहना र नगद १ लाख चोरी गरि भागेका मोरङ्ग उर्लाबारी नगरपालिका ९ को दिपेन्द्र खड्कालाई प्रहरीले ललितपुरबाट बिहिबार पक्राउ गरेको हो ।

ललितपुर गोदावरी १४ लोखेटोलमा लुकाई राखेको अवस्थामा चोरी भएको सुनचादीको गर गहना सुनको ईन्डियन मंगल सुत्र, रातो पथ्थर भएको औठी, कानको झुम्का १ जोर समेत अं. ३ तोला वरावरको सुनको, चादीको पाउजु १ जोर, बाला, सिक्री समेत ५ तोला वरावरको चाँदीको गर गहना, चोरी भएको मध्ये रु ३६ हजार ५०० नगद र हात्तीको पुच्छर जस्तो देखिने चादी भएको बाला तथा MI कम्पनीको मोडल M1808D2TG भएको सिमकार्ड नभएको नयाँ मोवाईल सहित चोरीमा संलग्न खड्कालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए ।