सिद्धलेकमा लेखापरिक्षण गर्दै, प्रयास नेपाल

Avatar photo
Dhadingpost
मङ्लबार, जेष्ठ २८, २०७६

धादिङ जेष्ठ २८ । समुदाय प्रति उत्तरदायी, पारदर्शी लागि प्रयास नेपालले सिद्धलेक साना किसान सबलिकरण र पुर्णिामा परियोजनाकोको सामाजिक लेखापरिक्षण गरेको छ ।

स्थानीय तहमा क्रियासिल सामाजिक संस्था प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले मंगलबार सिद्धलेक गाउँपालिका हलमा सामाजिक लेखापरिक्षण सम्पन्न गरेको हो ।

सम्वेदनशील सँगै जवाफदेहीता र उत्तरदायित्व बोध बोधका लागि सिद्धलेक गाउँपालिकामा संचालित उक्त परियोजनाको सामाजिक लेखापरिक्षण गराएको कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।

सरोकारवाला तथा लाभान्वित समुह प्रतिको जवाफदेहितालाई प्रमाणित गर्न, वृहत स्तरमा पारदर्शिता कायम गर्न, लाभान्वित समूह, सरोकारवाला र साझेदार संस्थाहरुको कार्यक्रममा सहभागितामा वृद्धि गरी कार्यक्रम तर्जुमा तथा व्यवस्थापनमा अपनत्वको भावना सृजना गर्न लेखापरिक्षण कार्यक्रम गरिएको संस्थाका कार्यकारी निर्देशक अर्यालले धादिङपोष्टलाई बताए ।

प्रयास नेपाल धादिङका कपिलदेव सापकोटाको अध्यक्षता तथा सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालको प्रमुख आतिथ्यतामा तथा वडाध्यक्षहरु चन्द्र सिलवाल, रामहरि बराकोटी, देव बहादुर पुलामी, डिल बहादुर घले र हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत विशाल बस्नेत लगायतको रहेको थियो ।

हेफर ईन्टरनेशनल नेपाल र अक्सफामको साझेदारीमा सामाजिक पुजि निर्माण, जिविकोपार्जन, र स्वास्थ्य खानेपानी बिषयगत क्षेत्र अन्तरगत सिद्धलेक साना किसान सबलिकरण र पुर्णिामा परियोजनाको आर्थिक वर्ष २०७५ र ०७६ को प्रगति तथा आर्थिक विवरण कार्यक्रम संयोजक ईश्वरी कोईरालाले प्रस्तुत गरेकी थिईन् ।

सामाजिक लेखापरिक्षण कार्यक्रमा बालक्लब, स्बवलम्बि महिला समूह, उपहार महिला सहकारी, कार्यक्रम व्यवस्थापन समितिका प्रतिनिधीहरु,स्थानीय संघ संस्थाहरु र लक्षित समुदायका व्यक्तिहरु गरी १ सय ११ जनाको उपस्थिति रहेको थियो ।