धादिङ जेष्ठ २६ । धादिङ सिद्धलेक गाउँपालिका वडा नं ५ चाँपखोलाका महिलाहरुले व्यवसायीक बाख्रापालन गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
बाख्रापालनमा आधारित उद्यमशीलता विकास तालिम लिए सँगै चाँपखोलाका महिलाहरुले उक्त प्रचिबद्धता व्यक्त गरेका हुन् ।
स्थानीय गैर सरकारी संस्था प्रयास नेपाल धादिङले हेफर ईन्टरनेशनल नेपाल र सिद्धलेक गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन गरेको सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत ३ दिने तालीम संचालन गरेको थियो ।
तालिममा उद्यमशीलता, सफल उद्यमीमा हुनु पर्ने गुणहरु, बाख्रापालमा आधारित उद्यम/व्यवसायको बिश्लेषण छनौट र स्थापनाको बारेमा जानकारी, व्यवसायिक बाख्रा पालन योजना लगायतको बिषयमा सिकाईएको थियो ।