धादिङ जेष्ठ ११ । नेपालका कम्युनिष्टहरु सत्तामा पुगेपछि कमाउनिष्टमा रुपान्तरण हुने गरेका काँग्रेस नेता प्रदिप पौडेलले आरोप लगाएका छन् ।
नेपाली कांग्रेस धादिङले नेत्रावती डब्जोङमा गरेको पालिका स्तरीय आमसभामा बोल्दै धादिङका लागि केन्द्रिय प्रतिनिधि समेत रहेका पौडेलले सबै कम्युनिष्ट कमाउनिष्ट नभएपनि सत्तामा रहेका कम्युनिष्ट कमाउनिष्टमा रुपान्तरण भएको आरोप लगाएका हुन् ।
राष्ट्रिय जागरण अभियान अन्तर्गत काँग्रेसले धादिङमा आज ११ वटा स्थानीय तहमा पालिका स्तरीय आमसभा गरेको थियो ।