धादिङ जेष्ठ ४ । जिल्लमा उत्कृष्ट नतिजा ल्याउने गरेको धादिङबेसी स्थित धादिङ बोर्डिङ माध्यमिक विद्यालयले विविध कार्यक्रम गरि शान्तिका दूत गौतम बुद्धको जन्म जयन्तिको मनाएको छ । नेपाली संस्कृति, पहिचान, नेपाली इतिहासलाई स्मरण गर्दै धादिङ बोर्डिङले बुद्ध जयन्ति मनाइएको हो ।
प्राथमिक तहका विद्यार्थीहरुले शुक्रबार गौतम बुद्धको अष्टमार्ग सन्देश झल्किने खालका नृत्य प्रस्तुत गरेका प्रिन्सिपल हरि लम्सालले बताए । विद्यार्थीहरुलाई किताबी ज्ञानले मात्र नपुग्ने हुँदा, कला, संस्कृति, रीति रिवाज र सामाजिक कार्यमा सहभागि गराउँदै आएका छौं प्रिन्सिपल लम्सालले बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरि लम्साल, एजुकेटिभ डाइरेक्टर सुरेन्द्र शाह लगायत शिक्षक विद्यार्थी र केही अभिभावकहरुको समेत उपस्थिति रहेको थियो । फोटो सौजन्य अनिता क्षेत्रि