धादिङमा विश्व उच्च रक्तचाप दिवस मनाईयो

Avatar photo
Dhadingpost
शुक्रबार, जेष्ठ ३, २०७६

धादिङ जेष्ठ ३ । धादिङबेसी सितलबजारमा एक कार्यक्रमका बीच विश्व उच्च रक्तचाप दिवस मनाईएको छ ।

बदलिँदो जीवनशैली, खानपानमा ध्यान नदिँदा उच्च रक्तचाप बढ्दो क्रममा छ रोकथाम र जनचेतनाका लागी धादिङबेसी सितलबजारमा उच्च रक्तचापको चेकजाँच संचालन गरि विश्व उच्च रक्तचाप दिवस मनाईएका जिल्ला अस्पताल धादिङका सुचना अधिकारी कृष्णलाल उप्रेतीले बताए ।

शिविरमा १७५ जनाले उच्च रक्तचाप चेकजाँच गराएका थिए जस मध्ये २० जना नियमित औषधी सेवन गरि रहेका रोगीहरु, २० जना उच्च रक्तचाप भएर पनि औषधी सेवन नगरेका र १५ जनामा सुगरको मात्रा बढी भएको पार्ईएको जिल्ला अस्पतालका सुचना अधिकारी उप्रेतीले जानकारी गराए ।

खानपिन मुख्य कारण हुने उच्च रक्तचाप नुनको अत्यधिक प्रयोग, शारीरिक निष्किृयता, मानसिक तनाव, धूमपान र मद्यपान सेवन जस्ता कारणले हुने गर्छ । उच्च रक्तचापका कारण मस्तिष्कको नसा फुट्ने, शरीर नचल्ने र प्यारालाइसिस हुने समेत खतरा हुन्छ ।

नेपालमा शहरी क्षेत्रमा बस्ने २० देखि २५ प्रतिशत वयष्कमा उच्च रक्तचापको समस्या भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक वर्ष ३ जना वयष्कमध्ये १ जनामा उच्च रक्तचापको समस्या भएको र यसबाट हरेक वर्ष ९० लाख मानिसको ज्यान जाने गरेको छ ।