सिद्धलेक गाउँपालिकालाई तिर्खा मुक्त पालिका बनाईने

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख २७, २०७६

धादिङ सिद्धलेक बैशाख २७ । धादिङको सिद्धलेक गाउँपालिकाले तिर्खा मुक्त पालिका बनाउने तयारी सुरु गरेको छ ।

विभिन्न साझेदारी संस्थाहरुको समन्वयमा खानेपानी व्यवस्थापनमा लागेको आउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले बताए ।

पुर्णिामा खानेपानी परियोजना अन्तरगत सिद्धलेक आपँटार, स्याखुटारको घर घरमा धारा मार्फत सम्पन्न हुने खानेपानी आयेजनाको साझेदार निकाय, डिफिड, मटम्याग डोनाल्ड, गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल, वडाध्यक्ष लगायत स्थलगत अनुगमन तथा निरिक्षण गरेका छन् ।

सिद्धलेक गाउँपालिका ५ मा रहेको ३९ घर धुरीमा घर घरमा धारा जडान मार्फत खानेपानी उपलब्धताको लागि गाउँपालिकाको समन्वयमा र अक्सफामको साझेदारीमा स्थानीय प्रयास धादिङबाट आँपटार स्याखुटार खानेपानी योजना संचालित रहेको छ ।

कुल लागत २० लाख १४ हजार ९ सय ७३ रहेको योजनामा स्थानीय उपभोक्ताहरुले ५ लाख ४० हजार ३ सय ७९ बराबरको पाईपलाईन खन्ने पुर्ने कार्यमा जनश्रमदान गर्नुपर्ने उपभोक्ता समितिका अध्यक्ष भावना घलेले बताईन् ।

महिलाहरुको मात्र उपभोक्ता समिति
महिलाहरु मात्रै समितिमा रहेर संचालन गरिएको योजना नमुना योजनाको रुपमा सम्पन्न गर्ने अनुगमनको क्रममा अध्यक्ष घलेले सुनाएको कार्यक्रम संयोजक ईन्जिनियर भरत अधिकारी बताए ।

सिद्धलेक गाउँपालिका वडा नंं ४ को सुबिटार, आधमारा, चापडि लगायत गाउँ बस्तीको लागि खानेपानी योजनाको कार्य हुँदै गरेको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिए ।

सिद्धलेकको काम्राङमा गाउँपालिकाले ४० लाख खर्च गरि डिपबोरिङ गरि पानी निकालेको स्थानबाट ३९ गरीको खर्चमा १२४ घर, घरमा धारा जडान मार्फत खानेपानी योजना सम्पन्न भएको छ ।