धादिङका रुपक परियारकाे डाँडैमा वरको बाेट (भिडियाे)

Avatar photo
Dhadingpost
बिहिबार, बैशाख २६, २०७६

धादिङ बैशाख २६ । ओयस नेपाल २०७५ को अवार्डबाट सम्मानित धादिङका लाेक कलाकार रुपक परियारकाे नयाँ लाेक गित सार्वजनिक भएकाे छ ।

धादिङका अधिकाङ्स स्टेज कार्यक्रममा निमन्त्रणा गरिने परियारकाे पछिल्लो समय डाँडैमा वरको बाेट बाेलकाे लाेक गित सार्वजनिक भएकाे हाे ।

रुपक परियारको आफ्नै लय, शव्द र स्वरमा रहेको यश गितमा रुपकलाई नेपालकी चर्चित लाेक गायिका पूर्णकला वि.सीले साथ दिएकी छिन् ।

खानीखोला छेउको बाेलकाे गितले सफलता पाए सँगै रुपकले सार्वजनिक गरेका याे डाँडैमा वरको बाेट बाेलकाे लाेक गित टि–टाईम म्यूजिक प्रा.लि.ले बजारमा ल्याएकाे हाे ।

यस गितको म्यूजिक भिडियामा कलाकार दिपक खड्का, आयुसा कार्की, प्रदिप गौतमले अभिनय गरेका छन् भने निर्देशक खमेश श्रेष्ठले गरेका छन् ।

म्यूजिक भिडियोको दृष्य नगरकोट र सालिनदी गोकर्णमा गरिएको गाएक रुपक परियारले धादिङपाेष्टलाई बताए ।