धादिङ बैशाख २५ । सिद्धलेकमा संचालन गरिएकाे साना किसान सवलिकरण कार्यक्रमको कार्यान्वयन तथा अनुगमन समितिका बैठक सम्पन्न भएको छ ।
हेफर ईन्टरनेशनल नेपाल र प्रयास नेपालको साझेदारीमा संचालित सिद्धलेक साना किसान सवलिकरण कार्यक्रमको कार्यान्वयन तथा अनुगमन समितिकाेे बैठक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको अध्यक्षतामा सम्पन्न भएको हाे ।
बैठकमा बिगत ३ महिनामा भएको कार्यक्रम तथा प्रभावकारीता र उपलब्धिको समिक्षा गरिएको थियोे ।
परियाेजना सिद्धलेक गाउपालिकाको वडा नं १ देखि ५ सम्म ८ वटा मुल समूह र ३५ वटा उपहार समूह मार्फत सामाजिक पुजि बृद्धि तथा साना पशु बाख्रापालन गरि अायअार्जन बढाउने संचालनमा रहेको छ ।
परियाेजना मार्फत महिला समूह, बालक्लबलाई आधारसिला तालिम, उन्नत जातको बोका बाख्रा सहयोग, सुधारिएको खोर निर्माण नश्ल सुधार, घाँस खेती प्रबर्द्धन करेसाबारी व्यवस्थापन, पशुबस्तुलाई नाम्ले जुकाको अौषधी खुवाउने, पिपिअारको भ्याक्सिन लगाउने लगायतका क्रियाकलाप मार्फत सामाजिक पुँजी र महिला शसक्तिकरण मझबुद बनाउने बढाउने कार्य भई रहेको छ ।
बैठकमा, प्रमुख प्रशासकीय अधिकृत, लक्ष्मण प्रसाद भट्टराई, वडाध्यक्षहरु, हेफरका कार्यक्रम व्यवस्थापक प्रेम स्याबयु, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, उपहार कृषि सहकारीको पदाधिकारीको उपस्थिति रहेको थियोे ।
परम्मरागत रुपमा बाख्रापालन गर्दै आएका किसानहरुले सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम संचालन पछि स्बबलम्बी समूहमा आबद्ध भई व्यवसायिक बाख्रापालन थालनी गरेका पाईएको वडा नंं ४ का वडाध्यक्ष रामहरि बराकोटीले बताउनु बताए ।
बैठकमा परियाेजनाकाे सुरुवातीमा समूह सदस्यहरुमा ४६३ माउ बाख्रा रहेकोमा हाल माउ बाख्रा संख्या ८७८ पुगेको छ यसैगरी कुल माउ र पाठापाठी समेत गरि १ हजार २ सय ३६ रहेकोमा हाल २ हजार १७ वटा भएको पाईएको सिद्धलेक गाउँपालिका पशु स्वास्थ्य शाखाकी प्रमुख मुना नेपालीले बताएकी थिईन ।
बैठकमा संयोजक ईश्वरी कोेेईरालाले कार्यक्रमको शुरुवात देखि हालसम्म भएको प्रगति र राम्रो अभ्यास तथा भावि कार्यक्रमको जानकारी गराएकी थिईन ।