धादिङका चार पत्रकारले खिचेकाे फाेटाे उत्कृष्ट पाँचमा

Avatar photo
Dhadingpost
सोमवार, बैशाख ९, २०७६

धादिङ बैशाख ९ । राष्ट्रिय फोटोपत्रकार समूह नेपालले बैशाख १३ गते राष्ट्रिय फाेटाे पत्रकार दिवसकाे अवसरमा आयोजना गरेकाे फाेटाे अवार्डकाे विभिन्न विधामा धादिङका चार जना पत्रकाहरुले खिचेकाे फाेटाे उत्कृष्ट ५ मा परेकाे छ ।

‘नेपाल लाइफ इन्स्योरेन्स राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०७५’ नाम दिईएकाे उक्त अवार्डमा अन्नपूर्णपाेष्टका मनिश दुवाडी,धादिङपाेष्टका नारायण सिलवाल, राजधानी दैनिकका अर्जुन श्रेष्ठ र नागरिक दैनिककी सरिता श्रेष्ठकाे फाेटाे विभिन्न विधामा उत्कृष्ट ५ मा परेकाेे हाे ।

राष्ट्रिय फोटोपत्रकार समूह नेपालले आज काठमाडौंमा एक विशेष कार्यक्रमकाे आयाेजना गरि उत्कृष्ट ५ मनोनयनमा पर्न सफल फोटोपत्रकारहरुलाई प्रमाणपत्र वितरण गरेकाे थियाे ।

यी नै उत्कृष्ट ५ मा परेका फाेटाहरुबाट छनाैट गरि विभिन्न विधामा प्रथम भएकाे फाेटाेे खिच्ने पत्रकारहरुलाई नगद सहित पुरस्कृत गरिने आयोजक संस्थाका अवार्ड संयोजक प्रदीपराज वन्तले धादिङपाेष्ट डटकमलाई बताए ।

अवार्डको फाइन घोषणा बैशाष १३ गते दिनको दुई बजे होटल अन्नपूर्ण दरवारमार्गमा एक कार्यक्रमको विच घोषण गरीने छ आयोजनका भनाई छ ।

बैशाख १३ गने नेपालका फोटो पत्रकारहरुले फोटो पत्रकारिता दिवसको रुपमा मनाउदै आएको छ । सोही दिन पारेर राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०७५ को फाइन घोषण गरीन लागेको महासचिव वन्तले जानकारी दिनु भयो । अवार्ड घोषणा कै दिन जिवन भरी फोटो पत्रकारीता गरी निरवृत जिवन विताइ रहेका एक जना फोटो पत्रकारलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरीने छ ।

१४ विधामा मनोनयमा पर्ने फोटो पत्रकारहरुको नामावली

इसेवा प्रदेश नं.१ राष्ट्रिय फोटो पत्रकारिता अवार्डको उत्कृष्ट पाँच मानोनयनहरु
कमल पाण्डे, आासंचार डटकम
सरद जोशी ,माइलाइफ डटकम
प्रविन कुलु राई ,नयाँपेज डटकम
लोकेश लिम्बु, अरुन पोष्ट डटकम
खगेन्द्र कुमार राई ,काशीनेपाल डटकम

प्रदेश नं.२ राष्ट्रिय फोटो पत्रकारिता अवार्डको उत्कृष्ट पाँच मानोनयनहरु
अजय कुमार मिश्रा , लोकान्तर डटकम
दिवाकर भण्डारी , अन्नपूर्ण पोष्ट
राकेश प्रसाद चौधरी , भूमी साप्ताहीक
सफल खतिवडा , जन भण्डाफोर दैनिक
तिवारी यादव , लोकटाइम्स दैनिक

प्रदेश नं.३ राष्ट्रिय फोटो पत्रकारिता अवार्डको उत्कृष्ट पाँच मानोनयनहरु
अर्जुन श्रेष्ठ , राजधानी दैनिक
मनीस दुवाडी, अन्नपूर्ण पोष्ट
नारायण सिलवाल, धादि पोष्ट
पेमा लामा, रासस काभ्रे
राम गोपाल तमाखु , न्यूज२४ डटकम

एनआइसी एसिया गण्डकी राष्ट्रिय फोटो पत्रकारिता अवार्डको उत्कृष्ट पाँच मानोनयनहरु
दुर्गा प्रसाद पौडेल आदर्श सेवा समाज
किरण आचार्य इबाग्लु डटकम
कृष्ण न्यौपाने रासस
नारायण भुर्तेल
प्रतिक्षा काफ्ले कान्तिपुर दैनिक

अर्घखाची सिमेन्ट प्रदेश नं.५ राष्ट्रिय फोटो पत्रकारिता अवार्डको उत्कृष्ट पाँच मानोनयनहरु
बासुदेव वर्मा , कपिलवस्तु सन्देश साप्ताहीक
खग प्रसदा चापागाई , बुटवल टुडे
लक्ष्मण ढुगना , कारोवार आर्थिक दैनिक
माधव प्रसाद अर्याल, कान्तिपुर मिडिया ग्रुप
मनोज पौडेल, कान्तिपुर दैनिक

प्रदेश नं.६ राष्ट्रिय फोटो पत्रकारिता अवार्डको उत्कृष्ट पाँच मानोनयनहरु
अबिनास लामा, दैनिक नेपाल
हेमन्त केसी ,रासस जाजरकोट
हिकमत बहादुर नेपाली, रासस दैलेख
निरन्जन तामाङ,नयाँ पत्रिका दैनिक
प्रविर डडेल , आर्थिक अभियान दैनिक

सुदुरपश्चिम प्रदेश राष्ट्रिय फोटो पत्रकारिता अवार्डको उत्कृष्ट पाँच मानोनयनहरु
बिनोद सिंह विष्ट , रासस डढेलधुरा
नरेन्द्र कार्की , राजधानी दैनिक
प्रेम बहादुर रौले, रासस
शेर बहादुर सिंह, रासस
तिलक ओझा , रासस

पञ्चकन्या ग्रुप आर्थिक राष्ट्रिय फोटो पत्रकारिता अवार्डको उत्कृष्ट पाँच मानोनयनहरु
लक्ष्मण ढुगना, कारोवार आर्थिक दैनिक
मनोज पौडेल ,कान्तिपुर दैनिक
प्रविन रानाभाट,पहिलोपोष्ट डटकम
सुरविन्द्र कुमार पुन , कान्पिुर दैनिक
शुसिल कुमार श्रेष्ठ,राजधानी दैनिक

ग्लोवल आइएमई बैंक महिला रराष्ट्रिय फोटो पत्रकारिता अवार्डको उत्कृष्ट पाँच मानोनयनहरु
चन्द्रकला क्षेत्री , रासस
कविता थापा, गोरखापत्र
लक्ष्मी गारु , रासस भक्तपुर
प्रतिक्षा काफ्ले, कान्तिपुर दैनिक
सरिता श्रेष्ठ , नागरिक दैनिक

नेपाल टेलिकम दैनिक राष्ट्रिय फोटो पत्रकारिता अवार्डको उत्कृष्ट पाँच मानोनयनहरु
आर्यन धिमाल , डिसीनेपाल डटकम
दिपक केसी , थाहाखवर डटकम
शुनील शर्मा, सिन्हुुवा न्युज एजेन्सि
शुसिल कुमार श्रेष्ठ, राजधानी दैनिक
किशोर श्रेष्ठ , स्वतन्त्र फोटो पत्रकार

थाहा अध्ययन प्रतिष्ठान राजनैतिक राष्ट्रिय फोटो पत्रकारिता अवार्डको उत्कृष्ट पाँच मानोनयनहरु
आर्यन धिकाल, डिसीनेपाल डटकम
दिपक केसी , थाहाखबर डटकम
नविन पौडेल, रासस काठमाडौं
प्रविन रानाभाट, पहिलोपोष्ट डटकम
शुसिल कुमार श्रेष्ठ ,राजधानी दैनिक

नेपाल एयरलाइन्स पर्यटान तथा संस्कृती राष्टिय फोटो पत्रकारीता अवर्डको उत्कृष्ट पाँच मानोनयन
अर्चना श्रेष्ठ ,स्वतन्त्र सञ्चार साप्ताहिक
शुनील शर्मा, सिन्हुवा न्युज एजेन्सि
प्रविन रानाभाट, पहिलो पोष्ट डटकम
सुवास श्रेष्ठ , रातोपाटी डटकम
आर्यन धिमाल ,डिसिनेपाल डटकम

गोल्ड स्टार खेलकुद राष्ट्रिय फोटो पत्रकारिता अवार्डको उत्कृष्ट पाँच मानोनयनहरु
पंकज श्रेष्ठ, कान्तिपुर मिडिया ग्रुप
प्रविन रानाभाट , पहिलोपोष्ट डटकम
शुनील शर्मा , सिन्हुवा न्युज एजेन्सि
शुदर्सन रन्जित, स्वतन्त्र फोटो पत्रकार
शुसील कुमार श्रेष्ठ ,राजधानी दैनिक

रुस्लान संगित तथा मनोरञ्जन राष्ट्रिय फोटो पत्रकारिता अवार्डको उत्कृष्ट पाँच मानोनयनहरु
राजन काफ्ले, आउटलाइन न्यूज एजेन्सि
सागर बस्नेत , गोरखापत्र दैनिक
सोरोज श्रेष्ठ, स्वतन्त्र फोटो पत्रकार
शुसील कुमार श्रेष्ठ, राजधानी दैनिक
उमेस कार्की, सिनेपाटी डटकम ।