उत्तरी धादिङका स्थानियले बुझाए प्रहरीलाई ४६ नाल भरुवा बन्दुक

Avatar photo
Dhadingpost
सोमवार, बैशाख २, २०७६

धादिङ, वैशाख २ । उत्तरी धादिङका रुबीभ्याली, गंगा–जमुना र खनियावास गाउँपालिकाका विभिन्न स्थानबाट स्थानियले प्रहरीलाई ४६ नाल भरुवा बन्दुक बुझाएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषदको निर्णय बमोजिम गृह मन्त्रालय हुदै जिल्ला प्रशासन कार्यालय धादिङबाटजारी गरेको ३५ दिने सुचनाको आधारमा स्थानीयहरुले ४६ थाल भरुवा बन्दुक प्रहरीलाई बुझाएका हुन् ।

प्रहरीले उत्तरी धादिङका विभिन्न गाउँ वस्तीहरुमा हतियार संकलन अभियान नै चलाएको थियो उक्त अभियानका क्रममा रुबीभ्याली, गंगा–जमुना र खनियावासका स्थानियहरुले प्रहरीलाई ४६ थान भरुवा भरुवा बन्दुक बुझाएका हुन् ।

हाल सम्म जम्मा संकलन गरिएको ४६ नाल हातहतियार प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय धादिङले आईतबार सार्वजनिक गरेको छ ।