धादिङ बैशाख २ । धादिङबेसी सदरमुकाम निवासी डा. रामथापा क्षेत्री प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकबाट विभूषित भएका छन् ।
‘नेपाल सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट २४ जनालाई गरिएको विभूषितमा धादिङका डा. रामथापा क्षेत्री परेका हुन् ।
आईतबार राष्ट्रपतिको कार्यालयले आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रबल जनसेवा (चतुर्थ श्रेणी) पदकबाट विभूषित डा. राम थापा क्षेत्री विभुषित हुने २४ मध्ये कम उमेरका चिकित्सक हुन् ।
जनसेवामा क्रिसिल हुने स्वभावका उनी सम्माननीय राष्ट्रपतिको हात बाट विभुषित भए सँगै धादिङपोष्ट सँग भने कतिपय स्वस्थ्य क्षेत्रमा राजनीति गर्दै आएका गिरोहहरुले मलाई राज्यले गरेको सम्मानमा प्रश्न चिन्ह उब्जाउने गरि मिडिया हल्ला फैेलाएका छन् ।
यसले आफुले गर्दै आएको सामाजिक सेवामा कुनै असर नगर्ने बताउँदै सरकारले गरेको सम्मानले आफुलाई सामाजिक क्षेत्रमा गर्ने काममा झनै उर्जा थपिएको बताए ।