गजुरीमा सवारी दुर्घटना एकको मृत्यू

Avatar photo
Dhadingpost
शनिबार, चैत्र ३०, २०७५

धादिङ चैत्र ३० । धादिङको गजुरी गाउँपालिका २ गजुरीमा ना ६ ख ७४६५ नम्बरको बसले विपरित दिशातर्फ जादै गरेको बा ७४ प ६७६८ नम्बरको मोटरसाईललाई ठक्कर दिदा मोटरसाईल चालक अनिस बानियाको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार बिहान ०८ः३० बजे चितवनबाट काठमाण्डौतर्फ जादै गरेको उक्त बसले विपरित दिशातर्फ जादै गरेको मोटरसाईकललाई लाई ठक्कर दिदा गोर्खा भिमसेन थापा गाउँपालिका १ बस्ने बर्ष २० का अनिस बानियाको मृत्यू भएको प्रहरीले जानकारी दिएको हो ।

प्राथमिक स्वास्थ केन्द्र गजुरीमा सामान्य उपचार पश्चात थप उपचारको लागी काठमाण्डौ लैजादै गर्दा मोटरसाईल चालक बानिया सिरियस भए पश्चात धुनिवेशी नगरपालिका ६ स्थित रहेको शिवदर्शन अस्पताल लगिएको पुर्याईएको थियो उनको उपचारको क्रममा ११:०० बजेको समयमा मृत्यु जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।