धादिङ चैत्र २७ । जिल्ला प्रहरी कार्यालय धादिङले यतिबेला समुदाय-प्रहरी साझेदारी कार्याक्रम गरि रहेको छ ।
दैनिक जिल्लाका कुनैन कुनै ठाउँमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले बुधबार ज्वालमुखी गाउँपालिका स्थित मैदी सातदोबाटोमा विपद न्यूनिकरण तथा रोकथाम सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।
ज्वालामुखी गाउपालिका वडा नं २ सातदोबाटो जम्मा भएका स्थानिय र प्रहरी बीच विपद न्यूनिकरण तथा रोकथामका विषयमा अन्तरक्रिया समेत भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।